नवलपरासी(पूर्व): कावासोती नगरपालिका–३ बस्ने गम बहादुर सिंजालीको घरमा तास खेलिरहेको अवस्थामा सिंजाली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ९ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १५:४४