नेपाल तारा: लहानमा स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले नवीकरणको म्याद गुजारीसकेका निजी स्वास्थ्य संस्था बन्द गर्ने तयारी गरेको छ। त्यस्ता स्वास्थ्य संस्था बन्द गर्न लगत तयारी लगायतका काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाभरि पोलिक्लिनिक, मेडिकेयर सेन्टर, डेन्टल क्लिनिक र क्लिनिक गरी ५४ वटा निजी स्वास्थ्य संस्था सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। जसमध्ये २०७३ सालमा सञ्चालन अनुमति लिएका पोलिक्लिनिक, मेडिकेयर सेन्टर नवीकरण भएका छैनन्।

दोब्बर दस्तुर बुझाएर नवीकरणका लागि निवेदन दिने म्यादसमेत गुजारीसकेका ती पोलिक्लिनिक, मेडिकेयर सेन्टर, क्लिनिक स्वतः खारेजीमा परेका छन्।


। तर, पनि तिनले आफ्नो सेवा रोकेका छैनन्।

जिल्लामा १५ बेडका नर्सिङ होम र अस्पतालले पनि दोब्बर दस्तुर बुझाएर नवीकरण गराउने म्याद गुजारीसकेका छन्। यी सबै स्वतः खारेजीमा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।