काठमाडौंः नव–गायक बालकृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत ‘पहिले कतै’ सार्वजनिक गरेका छन् ।

एल्बम ‘प्रसंशा’ भित्र संग्रहित गीत ‘पहिले कतै’ को शब्द र संगीत स्वयम गायक न्यौपानेको रहेको छ । गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन् ।

प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोनको अभिनय रहेको छ । मुकेश हुमागाईंले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन । एवेरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो ।

ट्रेलर हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, पुस १, १६:०३