काठमाडौंः नव–गायिका श्रृंखला जोशीको स्वरमा रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका श्रृंखलाको स्वरमा रहेको “तिम्रो आवाज” गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उदय सोताङ्गको संगीत र बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ ।

द भ्वाइस अफ नेपालको सिजन दुई मा सहभागी भएर चर्चामा आएकी श्रृंखलाको गीतमा स्वयंले अभिनय गरेकी छिन् । साथमा उनलाई अभिनेता अजस्र ढुंगानाले साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् ।


नविन निरौलाको सम्पादन रहेको गीतमा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय देख्न सकिन्छ । श्रृंखला वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, पुस २७, १०:३२