मोरङः जहदा गाउँपालिका–५ मा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५९ वर्षीय साधुर महतो रहेकोप्रहरीले जनाएको छ ।

मंगलबार साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असोज १४, २०७७, ११:१२