चितवनः भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थिति नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक किशोरको बिहीबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ आँपटारीका १५ वर्षीय दिनेश मल्ल ठकुरी रहेका छन् ।

नहरमा पौडी खेल्न गएका उनको बालुवामा टाउको गडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

परिवार स्रोतका अनुसार मृतक आफ्ना बुवाआमा एक्ला छोरा हुन् । उनका बुवा अपाङ्ग छन् ।


प्रकाशित मितिः https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/121262670_658961641683766_2891221347455397897_n.jpg?_nc_cat=110&_nc_sid=ae9488&_nc_ohc=fOiMQPOH6dIAX_3vNek&_nc_ht=scontent.fktm8-1.fna&oh=7fd2735d69dd4f1fb086170f1158140e&oe=5FADD4F6, १६:११