उर्लाबारीः मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ ।