काठमाडौंः अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा परि ७१ जना सैनिकको मृत्यु भएको छ ।

मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि रक्षामन्त्रीले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

यससँगै इजिप्ट भ्रमणमा रहेका राष्ट्रपति मोहमदु इसोफुले स्वदेश फर्कने अवधि छोट्याएका छन् । उनले ट्वीटर मार्फत पनि भ्रमण अवधि छोट्याएको जानकारी दिएका छन् ।

गत सोमबार अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्रोही लडाकु मारिएका थिए ।


पछिल्लो समय माली र यसका छिमेकी नाइजर र बुर्किना फासोमा पनि द्वन्द्व तिब्र गतिमा बढेको छ । स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण बढिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०८:१६