नागढुंगा स्थित चेकपोष्टबाट लागु औषधसहित एक पक्राउ







काठमाडौं: चन्द्रागिरी नगरपालिका–२ नागढुंगा स्थित चेकपोष्टबाट प्रहरीले लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

सुनसरीको दुहवी–७ स्थायी घर भएका शाह काकडभित्ता तर्फबाट काठमाडौं आउँदै गरेका सुनसरीका श्याम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना। ७ ख २७७६ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा साहले आफ्नो झोलामा लुकाई–छिपाई ल्याएको ३ सय ट्याब्लेट नाईट्रोजेपान, ५० एम्पुल डाईजेल्याव, ५० एम्पुल लुपिजेसिक, ५० एम्पुल फेनारगन र ५० एम्पुल एभिल फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।

मंगलबार बिहान पक्राउ परेका शाहबारे महानगरीय


प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।




ताजा समाचार


विशेष समाचार