काठमाडौंः एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डि पी खनालको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।
भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय र नृत्य रहेको भिडियोमा पवन सुस्लिङको क्यामेरा र सम्पादन रहेको छ भने भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।
गीतको भिडियोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने पनि प्रोडक्सनले जनाएको छ ।
। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, १३:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook