काठमाडौंः किर्गीस्तानमा सुरु भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले ताजिकिस्तानलाई पराजित गराएको छ । सो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको समूह चरणको नतिम खेलमा ताजिकिस्तानलाई १—० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ८५ मिनेटमा गोल गरेकी हुन् ।

त्यस्तै गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ ।


अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

 

 


प्रकाशित मितिः मंगलबार, भदौ २४, १३:४७