काठमाडौंः इटालियन सिरी ए फुटबलमा नापोली घरेलु मैदानमा पराजित भएको छ ।

आइतबार राति भएको खेलमा नापोली सासुओलोसँग २–० ले पराजित भएको हो ।

सासुओलोका लागि मानुएल लोकाटेली र म्याक्सिम लोपेजले एक एक गोल गरे ।

खेलको ५९ औं मिनेटमा मानुएलले गोल गर्दै सासुओलोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा लोपेजले गोल गर्दै सासुओलोलाई २–० को जित दिलाए ।

जितसँगै सासुओलो तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सासुओलोले ६ खेलमा १४ अंक जोडेको छ । नापोली ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १२:३७