काठमाडौंः नायक रबि कार्कीले आफ्नै पेशालाई निरन्तरता दिँदै रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमि सञ्चालनमा ल्याएका छन् ।

मिलाप, प्रेम बिबाह, तिमि बिनाको संसार, यो कथा हो तिम्रो मेरो, जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक कार्कीले तारकेश्वर नगरपालिका–२ मा डान्स एकेडेमि स्थापना गरेका छन् ।

कार्की नृत्यको क्षेत्रमा बिगत २३ वर्षदेखि सक्रिय रहेका छन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमिको उदघाटन कार्यक्रममा स्थानीय बुद्धिजीबि, राजनितिज्ञ, चलचित्रकर्मिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा, लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसि, संगीतकार बिकाश चौधरी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सम्बोधन गर्दैे सञ्चालक नायक कार्कीले नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अबको पुस्तालाई आफूले सिकेको ज्ञानलाइ बाढ्ने उद्देश्यले सञ्चालन गरेको बताएका छन् । एकेडेमि सञ्चालनमा नायक कार्कीलाई शोभा तामाङले साथ दिएकी छिन् ।

नायक कार्कीले लामो समय भारतीय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा, राज जोशिसँग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए ।

नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्स का साथै एक्टीङ, थिएटर एक्टीङ, आरजेभिजेको समेत प्रशिक्षण दिने बताएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १३:२७