काठमाडौंः नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन् ।

केही समय अगाडि चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी हुन् ।

पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन् ।

श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैयाँ लिएर गर्न लागिएको हो ।

युटुबमा चलचित्र अनुरागलाई सर्वाधिक हेरिए सँगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो । म्युजिक भिडियोको अवसर आउँदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउँदै आएकी थिईन ।


। केही तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए सँगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ ।

एलिजाले खेल्ने गीतमा पुरुष मोडल भने सबैले मन पराएका चर्चित मोडल दुर्गेश थापा रहेका छन् । दुर्गेश थापाले पनि सहजै आफु एलिजा सँग म्युजिक भिडियो खेल्न तयार रहेको हो ।

गीतको संगीत भने पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित सर्जक खेम सेन्चुरीले गरेका हुन् । गीत शुभारम्भ डिजिटलले बजारमा ल्याउने बताईएको छ । अधिकांश चर्चित गीतका नृत्य निर्देशक शिब विकले निर्देशन गर्ने गीत केही सातामै बजारमा आउने भएको छ ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, २०:०४