काठमाडौंः गायिका माया पुनको आवाजमा नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ ।

विशेषत पुनहिलको परिचय झल्कने शब्द र संगीत रहको उक्त गीतमा नायिका केकी अधिकारीको अभिनय रहेको छ भने उनलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् ।

जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोले तयार पारेको हो । पोखराको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायीका माया पुन बताउँछिन् ।

शब्द रचना गर्ने जंगबहादुर पुनका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको बताए ।


भिडियोमा सरोज अधिकारीको छायांकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, चैत २५, ०६:४३