काठमाडौंः पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्यांकन (इआइए)मा आएको समस्याका कारण अगाडि बढ्न नसकेको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सडकखण्ड विस्तारका लागि सिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए)बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते सो सडकखण्ड विस्तारका लागि सिलान्यास गरेका थिए ।

सडक विभागले यसअघि नै वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन वन तथा वातावरणमा स्वीकृतिका लागि पठाइसकेको छ भने रुख काट्ने अनुमति माग गरे पनि स्वीकृति प्राप्त गर्न सकेको छैन ।


वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले सो सडक विस्तार आयोजनामा सडक विभागले पेस गरेको रुख संख्या र रुखको वास्तविक संख्यामा पाँच गुणासम्म फरक परेका कारण ‘इआइए’ प्रतिवेदन र रुख कटान स्वीकृतिबारे ढिलाइ भएको स्पष्ट पारे ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०६:२७