चितवनः  नारायणगढ–मुग्लिन सडकको ईच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित जलविरेमा ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ ।

अहिले ठुलो पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो खसेपछि चितवनबाट मुग्लिनतर्फ गएका गाडीहरु जुगेडीमा रोकिएको छ भने काठमाडौं, पोखराबाट आएका गाडीहरु मुग्लिनमै रोकिएका छन् ।

पहिरो खस्न नरोकिएकोले पन्छाउने काम शुरु गर्न नसकिएको बताइएको छ ।

बर्खायाम शुरुभएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको त्रास बढेको छ । सो सडक भएर यात्रा गर्नेले सजक भएर यात्रा गर्न प्रहरीले आग्रह समेत गरेको छ ।