चितवनः नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलोमा आइतबार अपरान्ह खसेको पहिरो पन्छाएपछि यातायात संचालनमा आएको छ ।
आइतबार अपरान्ह ४ः०० बजेको समयमा खसेको पहिरो तीनवटा स्काभेटरको प्रयोग गरेर राति ७ः३० बजे पन्छाइएको थियो।
बाटो सुचारु भएपनि लामो समयसम्म बन्द भएका कारण ४/५ किलोमिटरभन्दा बढी जाम रहेकाले सहज रूपमा यातायात संचालन हुन सकेको छैन।
यातायात सहज हुन अझै ४/५ घण्टा बढी लाग्नसक्ने अनुमान प्रहरीले गरेको छ। यातायात सहज बनाउनका लागि अहिले प्रहरी टोली परिचालन गरिएको छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook