चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

सुख्खा पहिरो झरेका कारण आइतबार दिउँसो ईच्छाकामना गाउपालिका वडा नं. ६ चारकिलो स्थितमा सडकमा माथिवाट सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

सडकको पहिरो हटाउनका लागि उक्त स्थानमा ३ वटा स्काईभेटर तयार पारिएपनि पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन नसकिएको चितवन प्रहरीका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

अहिले सडक अवरुद्ध छ । उक्त सडक भएर गुड्ने सम्पूर्ण सवारी साधन ठप्प छन् । हजारौं जनसंख्या र सवारीको लामो जाम छ ।