चितवन: चितवनको नारायणगढ–मुग्लिन सडकखन्ड अन्तर्गत चारकिलो भन्ने स्थानमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको छ ।

हिजो वेलुका देखि अविरल रुपमा आएको वर्षाका कारण तोपेखोलाको पहिरो हटाएर एकतर्फी रुपमा केहिवेर सञ्चालनमा रहेको थियो तर सोमबार अपराह्न पुनः पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

पहिरो ठुलो खसेको हुनाले पन्छाउन समय लाग्ने र वर्ष निरन्तर रुपमा जारी रहेको, पहिरो हटाउन ६/७ घण्टा लाग्ने र रात पर्दै गएकोले यात्रामा रहेको यात्रुहरुलाई सुरक्षित स्थानमा बस्नको लागि आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सडक बन्द भएसँगै मुग्लिनतर्फबाट र नारायणगढको रामनगर भतेरीबाट अरू सवारीसाधनलाई सडकखण्डमा प्रवेश गर्न नदिएको समेत प्रहरीले जनाएको छ ।


फाइल तस्विर