काठमाडौंः नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क ११ वर्षपछि शतप्रतिशत वृद्धि भएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो ।

समितिले गणतन्त्र स्मारक, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र संग्रहालयको अवलोकन गर्न पाउने गरी शुल्क वृद्धि गरेको जनाएको छ । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नारायणहिटी संग्रहालयसहित तीन स्थानको अवलोकन गर्न र संग्रहालयलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न शुल्क वृद्धि गरेको स्पष्ट पारे ।

समितिको फागुन १९ गतेको बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।


। समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष हुने व्यवस्था छ । समितिका कार्यकारी निर्देशक दाहालले संग्रहालयमा थप सामग्री राख्ने गरी शुल्क वृद्धि गरेको बताए ।

समितिले चैत १ देखि ३० गतेसम्म निःशुल्क अवलोकन गर्न मिल्ने गरी गणतन्त्र स्मारक खुला गर्न लागेको छ । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०७:३९