चितवनः  हिन्दु धर्मका गुरु स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयलाई लिएर अनावश्यक भ्रम र प्रचार गर्न नहुने बताएका छन् ।

नागरिक अभिनन्दन समितिले शुक्रबार चितवनमा अभिनन्दन गरेपश्चात उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।”

शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू धर्मको संरक्षण र नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने विचार व्यक्त समेत ब्यक्त गरेका थिए। धर्मले परिपूरण भए मात्र सबैकुरा सिद्ध हुने उनको भनाइ थियो । शंकराचार्यले भने “नास्तिक कोही हुँदैन, सबैको आस्था हुन्छ ।


। यसलाई सरकारले परिवर्तन गराउनु हुँदैन ।”

कार्यक्रममा हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले सनातन हिन्दू धर्मको रक्षासँगै संरक्षण गर्न नसके देशमा विभिन्न किसिमका समस्या आउने बताएका थिए ।

कार्यक्रममा नागरिक अभिनन्दन मूल समारोह समितिका तर्फबाट दयाराम पाण्डे र देवघाट क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष टंकनाथ पौडेलले शंकाराचार्यलाई अभिनन्दन गरेका थिए । अभिनन्दनअघि भरतपुरका विभिन्न ठाउँबाट शोभायात्रा समेत निकालिएको थियो ।

को हुन् निश्चलानन्द सरस्वती ?

– गोवद्र्धन मठ–पुरी पीठाधीश्वर श्रीमज्जगद्गुरु पुज्यपाद शंकराचार्य स्वामी निश्चलानन्द ‘शंकराचार्य गुरु परम्परा’का १४५ औं शंकराचार्य हुन् ।

– उनी ज्ञान र विज्ञान दुवै विषयका ज्ञाता मानिन्छन् ।

– उनी सन् १९९२ देखि जगद्गुरु शंकराचार्य भएका हुन् ।

– उनी सनातन सिद्धान्तका बारेमा सम्पूर्ण शुद्धतापूर्वक उद्भासित गर्न सक्दछन्।

– उनका १६१ विख्यात कृतिहरु प्रकाशित छन् ।

– अक्सफोर्ड र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले उनीसँग पुरी–उडिसामा पुगेर वैदिक गणित विषयमा ज्ञान हासिल गर्ने गरेका छन् ।

– उनका ग्रन्थहरुमध्ये शिवावतार, सार्वभौमिक सनातन सिद्धान्त, विश्वशान्तिका सनातन शिद्धान्त, बौद्ध सिद्धान्त र वेतान्त, गणित दर्शन, स्वस्तिक गणित, श्री गीतासुधा, श्री राधासुधा, गर्व से कहें हम हिन्दू हैं जस्ता विख्यात छन् ।