काठमाडौंः सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्ने भने पनि पेरिटोनिअल डायलासिस गराइरहेका बिरामी आवश्यक औषधि खरिद गर्न अपुग रकम आफ्नै खल्तीबाट तिर्न बाध्य भएको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मिर्गौलाले काम गर्न छाडेपछि गरिने डायलासिस उपचार दुई प्रकारका छन्– पेरिटोनियल र हेमोडाइलासिस अर्काे उपचार विधि हो– मिर्गौला प्रत्यारोपण ।

चार वर्षदेखि सरकारले दुवैथरी डायलासिस उपचार निःशुल्क गरेको छ । त्यस्तै मिर्गौला प्रत्यारोपणका लागि सरकारले ५ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ ।

पेरिटोनियल डायलासिस उपचारका लागि सरकारले प्रतिबिरामी प्रतिमहिना औषधिसहितका ९० प्याकेट उपलब्ध गराउँदछ ।


। सरदर दिनमा तीनपटक गर्नुपर्ने यो उपचारका लागि प्रतिमहिना ३६ हजार ७ सय २० रुपैयाँ सरकारलेबिरामीलाई उपलब्ध गराउँदछ । मिर्गौला प्रत्यारोपण नभएको अवस्थासम्म बिरामीले यसप्रकारको डायलासिस सेवा लिनुपर्ने हुन्छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक १६, ०६:४२