काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले छ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर रु. १.५० ले वृद्धि गरेको हो ।

पेट्रोल प्रतिलिटर रु. १०२ रहेकामा अब भने रु. १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु. ९० पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।



प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, २१:१७