काठमाडौंः निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गरी गीतकार संघका उपाध्यक्ष शुभ मुकारुङले ‘मैना मैनी’ गीत सार्वजनिक गरेका हुन् ।

दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् ।

उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनिषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायांकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, पुस २७, ११:२६