काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्तालाई सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने बताएका छन् ।

बुधबार नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भैरहेको बताएका हुन् ।

मन्त्री यादवले व्यवसायीहरुसँगको समन्वयमा सरकारले को आपूर्ति व्यवस्थापन सहज ढंगले भएको समेत जानकारी दिए ।


प्रकाशित मितिः भाद्र २५ बुधबार, १५:२०