उदयपुरः त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ वर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो ।

पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, ११:१०