काठमाडौंः काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने काभ्रे पाँचखाल नगरपालिका–५ अनेकोट घर भएका २१ वर्षीय बिकाश लामालाई नियन्त्रित लागूऔषध सहित आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लामालाई आलोकनगरस्थित फ्रेण्ड रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उनलाई नियन्त्रित लागूऔषध नाइट्रोभेट ३ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १९:२५