काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय मिलीग्रामको १० बोतल डाईलेक्स डिसी कोडिन फोसफेट सहित एक जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–७ बस्ने २८ वर्षीय भद्रबहादुर खड्का रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३–०३–००१ ख ०१३८ नम्बरको बसलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, २०:४९