सुनसरीः भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २१ बोतल र नाइट्रोसन १ सय ८० ट्याबलेट सहित २ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका–२ बस्ने ३७ वर्षीय सुरज राम र भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ३६ वर्षीय महेन्द्र यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले साइकलमा आएका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १९:०३