काठमाडौंः काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन (नूफिन) १ सय २५ एम्पुल र फेनारगन १ सय २६ एम्पुल सहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र ललितपुर महानगरपालिका–५ बस्ने ४३ वर्षीय सुरज केसी रहेका छन् ।

यसैगरी, काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ९७ एम्पुल, बुप्रेनोर्फिन ४ सय ९८ एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र नाईट्राजेपाम १२ सय ट्याबलेट सहित २ जनालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सिराहा नवराजपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय धर्मदेव यादव र सोही ठाउँ बस्ने २५ वर्षीय चितरञ्जन यादव रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, २०:४५