नवलपरासी(पूर्व): बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रित लागूऔषध १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन सहित ५ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्बतको कुस्मा नगरपालिका–४ बस्ने २५ वर्षीय सम्सेर घर्ती मगर, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने २३ वर्षीय बिजय चौधरी, चितवनको भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीय दिपेश बिक, भरतपुर महानगरपालिका–१६ बस्ने २६ वर्षीय सर्बबिद बस्नेत र भरतपुर महानगरपालिका–१९ बस्ने ३३ वर्षीय सिंहराज लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १७:५१