कास्कीः पोखरा महानगरपालिका–१७ संग्रालय नजिकबाट नियन्त्रित लागूऔषध ७ पिस डाईजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाईट्राजेपाम सहित एक जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय सुनिल सार्की रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, २०:००