सिराहाः सिराहा नगरपालिका–१८ जरुवा टोलबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय अमित कुमार यादव रहेकोृ प्रहरीले जनाएको छ ।

प्रहरी चौकी लगडिगोठबाट खटिएको प्रहरीले उनलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ५७ ट्याब्लेट सहित फेला पारी आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, २१:५३