कपिलबस्तुः कृष्णनगर नगरपालिका–२ गोलघरबाट प्रहरीले नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बस्ने २४ वर्षीय यासिन मिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा मियाले बोकेको झोलामा नियन्त्रित लागूऔषध २ सय ९९ सय ट्याबलेट नाईट्राभेट र २ सय क्याप्सुल ट्रामाडोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १९:४४