बाराः जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित सडकबाट ठुलो मात्रामा नियन्त्रित लागूऔषधसहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–८ बस्ने २७ वर्षीय हरि राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गरुडा नगरपालिका–८ बस्ने २७ वर्षीय हरि रामलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ८९३८ नम्बरको बसमा सवार उनलाई जाँच गर्दा झोलामा लुकाई छिपाई ल्याएको नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट, ८ सय ५० पिस नुर्फिन, ८ सय ५० पिस फेनारगन र ८ सय ५० पिस डाईजेपाम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १९:३३