झापाः गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरबाट नियन्त्रित लागूऔषध सहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने २० वर्षीय सुरज कुमार महत्तो समेत २ जना रहेका छन् ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट लागूऔषध फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १६:०७