काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ८६ एम्पुल र नुर्फिन ४ सय १४ एम्पुल सहित एक जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज बस्ने २४ वर्षीय आदित्य कुशवाह रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले कलैयाबाट काठमाडौं आउँदै गरेको बा ६ ख १५३७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार कुशवाहलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, १९:०४