कास्कीः पोखरा महानगरपालिका–८ न्युरोड लालिगुराँस टोलबाट नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–८ घर भएका २७ वर्षीय प्रबिन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गुरुङले चलाएको ना १६ प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँ सहित बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, फागुन २३, १२:४५