विराटनगरः विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बस्ने ४० वर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका–१ बस्ने २० वर्षीया बबिता राई रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे उनीहरुलाई ५ के.जी. ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १६:०३