काठमाडौंः निरन्तर शनिबार अन्तर्गत आज पनि साहित्यक जमघट संगै कविता गजलहरु वाचन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपस्थित वाल्मिकी क्याम्पसमा साहित्य क्षेत्रतिर लागि रहेका युवा विद्यार्थीहरुले निरन्तर शनिबार अन्तर्गत साहित्यिक कार्यक्रम गरेका हुन् ।

साहित्य क्षेत्रमा लागेर समाज परिवर्तन गर्ने हेतुका साथ सुरु भएको कार्यक्रममा आज करिव दुई दर्जनभन्दा बढी कवि तथा गजलकारहरुले आ-आफ्ना गजल तथा कविताहरु वाचन गरिएको आर आर क्याम्पसका नव गजलकार अनुराग शाहले बताए ।

निरन्तर शनिबारको साहित्यले नेपाली कला सँस्कृतिको जगेर्ना गर्नुका साथै यही क्षेत्रमा लागेर देश विकासको शिर उचो राख्न सकिने समेत सहभागी गजलकार तथा नव कविहरुले जोड दएका छन् ।


साहित्यले सबैलाई जोडेको र यो क्षेत्रले भाली सामाजलाई पनि परिवर्तन गर्ने कुरामा विश्वस्त रहेको समेत नव कवि तथा गजलकारहरुले बताएका छन् ।