काठमाडौंः बरिष्ठ फिल्म निर्देशक तुलसी घिमीरेलाई सलाई डेस्टिनी प्रा.लि.ले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ ।

सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभामा निर्देशक घिमिीरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको डेस्टिनीका अध्यक्ष मनोज सिनालले जानकारी दिएका हुन् ।

सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । नेपाल सूनचाँदी ब्यबसायि महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचाँदी पसलमा सलाई डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।


साधारण सभामा डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाई होल्डिङ्स (भारत) सँग सहकार्य गरेको बताउँदै निकट भबिष्यमै सुरक्षण सुचक यन्त्र, सुन, चाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन,मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।

सलाई डेस्टिनीकी मार्केटिङग तथा सेल्स इन्चार्ज पवित्रा खड्का, महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अबस्था र प्रगतिको बारेमा बोलेका थिए । उनीहरुले गत बर्षको तुलनामा कम्पनीले ६ गुणा बढी प्रगति गरेको जानकारी दिए ।

ब्राण्ड एम्बेस्डर, निर्देशक घिमीरेले डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै यो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल सूनचाँदी ब्यबसायि महासंघका नवनियुक्त अध्यक्ष मणिकरत्न शाक्य, पूर्वअध्यक्ष मणिरत्न शाक्य, बागमति प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य, नेपाल कपडा तथा सिलाई ब्यबसायि महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, बरिष्ठ अधिबक्ता तथा कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र संचालकलाई अझ धेरै प्रगतिको कामना ब्यक्त गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १२:३५