काठमाडौंः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।

सामाजिक कथा बस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । ट्रेलर ३ मिनेट ४९ सेकेण्डको छ । चलचित्रमार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेल, प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।


चलचित्र ‘कोपिला’ मा निर्मलाको भूमिका सञ्जिवनी खरेलले निभाएकी छन् भने आमाको भूमिकामा सरिता गिरी र पिताको भूमिका गणेश गिरीले निभाएका छन् ।

गणेश गिरिको प्रस्तुती रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन् भने समिर मिया, रामेश्वर कार्की सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-


प्रकाशित मितिः शनिबार, पुस ५, ०९:३९