काठमाडौंः कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थ बिर्य हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ ।

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ ।


निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा डिएनए विज्ञ डा. जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा. तुलसी कँडेल सदस्य थिए ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०६:३२