शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन्।

राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गरे । विगतमा नै निर्माण गर्ने भनिएको काभ्रपलाञ्चोक जिल्लाको विमानस्थल भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत बनाएर सो काम अगाडि बढाइएको बाँस्कोटाले बताए ।


कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका संयोजक एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।