नेपाल तारा कैलाली
नेपाली काँग्रेस निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरुले पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न भुमिका खेलेको भन्दै निवर्तमान सांसद पुस्करनाथ ओझा सहित २१ जनाको नाम कारवाहीको लागि सिफारिस गरेको छन ।
कारबाही लागि सिफारिस गरेको एक नम्बर लिस्टमा काङगे्रस तर्फ बाट तत्कालिन दोस्रो संविधान सभा कैलाली क्षेत्र न.छ बाट प्रत्यक्ष निर्वाचित सभासद पुष्करनाथ ओझा छन । पार्टीले टिकट वितरणमा अन्याय गरि पार्टी सभापती आर्जु राणालाई टिकट दिएकोमा तिव्र असन्तुष्टि प्रकट गर्दै प्रचार प्रसारमा समेत नगएको र डोटी सेन्टीमेन्ट भड्काएको आरोप उनिमाथी लगेको थियो ।
त्यस्तै पार्टीका कैलाली जिल्ला सचिव पुर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लु कुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा रहेका छन् । यस्तै क्षेत्र नम्बर ५ का उप–सभापति कुम्भराज गिरी, नेविसंघका सह–महामन्त्री प्रेम जोशी, धनगढी उपमहानगरपालिका ७ का वडा सभापति देव बहादुर सेठी लगायतका नेता कार्यकर्ता गरी २१ जनाको नाम कारवाहीका लागि जिल्लामा सिफारिस गरिएको छ । भने १६ नम्वरमा रहेका नाम केरिएको छ ।