काठमाडौः निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको हो ।
आयोगले अहिलेसम्म संकलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ ।
अद्यावधिक निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ साल पुस ८ गते बुधबार, १०:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook