रौतहटः १२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि शुक्रबार जेल चलान गरिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले नेता आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

२७ चैत २०६४ मा रौतहटको राजपुर फलरदहवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेता आलमलाई रौतहट प्रहरीले गत २६ असोजमा गौरबाट पक्राउ गरेको थियो । आलमको थुनछेक मुद्दामा गत २१ कात्तिकबाट बहस सुरु भएको थियो ।

वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए ।


आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले बम विस्फोटमा दुई वर्ष कैद, कर्तव्य ज्यान मुद्दामा २० वर्ष र ज्यान मार्ने उद्योगमा १० वर्ष गरी ३२ वर्ष जेल सजाय हुने गरी तीनवटा मुद्दा दर्ता गराएको


प्रकाशित मितिः शनिबार, कार्तिक ३०, ०६:४३