काठमाडौंः संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ ।

सोमबारदेखि हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगेर जाँच सुरु गरिएको प्रहरीले जनाएको छ ।

उच्च रक्तचाप (प्रेसर) का विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । महरालाई भर्ना गर्ने कि नगर्ने भन्ने विषयमा डाक्टरहरुबीच छलफल भइरहेको छ ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १४:४५