भक्तपुरः काठमाडौं उपत्यकामा आजबाट जारी भएको निषेधाज्ञा भक्तपुरमा पनि बिहानदेखि प्रभाव परेको छ ।

आज बिहान ६ बजेबाट लागू भएको निषेधाज्ञामा भक्तपुरका मूख्य बजार सुनसान थिए भने सडकमा सवारीसाधनको चाप अत्यन्तै न्यून रहेको थियो ।

राजमार्ग तथा भित्री सडकहरुमा अत्यावश्यक सेवाका, बैक तथा वित्तिय संस्थाका कर्माचारीको सवारी साधन, पास भएका सवारीसाधन, दैनिक उपभोग्य सामाग्री, दुग्धजन्य तथा ईन्धन बोकेका सवारी साधन बाहेक अन्यलाई प्रहरीले सडकमै केहि समय रोकिराखेका थिए ।

उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।


। त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषद्ले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

भक्तपुरका विभिन्न ठाउँमा बिहान १० बजे अघि देखिएका दृश्यहरु:


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १२:४१